धरान ३ स्थित माछाभौडीमा रहेको जोर्डन ज्वेलर्समा आज बिहान चार बजे चोरी भएको छ । 

ज्वेलर्सका सञ्चालका सुनिल सापकोटाले २५ लाख बराबरको सुनचाँदीका गरगहना चोरी भएको इलाका प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार चोरीको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । ज्वेलर्सका सञ्चालकले चोरीको उजुरी दिएपछि अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । के–कति चोरी भएको हो, अनुसन्धानबाट खुल्ने डिएसपी मल्लले बताएका छन् । 

धरानबाहिरबाट आएर चोरी गरेको सिसिटीभी फुटेजबाट देखिएको प्रहरीको भनाइ छ ।