धरान ५ का रमेश राईलाई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कर्यालय सुनसरीमा उनिबिरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कर्यालय धरानले आज साझ ७:३० मा राईलाई उनकै घरबाट पक्राउ गरेको हो । 

राई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थक हुन । उनले धरान ४ छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलनलाई लिएर  संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।

उक्त गाली गलौचलाई लिएर पर्वत राईले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार इलाका प्रहरी कार्यालय धरानले रमेशलाई नियन्त्रण लिएको डिएसपी नवराज मल्ल जानकारी दिएका छन्  ।

रमेशलाई प्रहरीले नियन्त्रणमा लिएपछि  नगरप्रमुख साम्पाङले आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै प्रहरी प्रशासनलाई अभिव्यक्ति स्वतन्त्रताको हेक्का राख्न भनेका छन्  ।