बालिका बलात्कारको आरोपमा लेटाङमा एक युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा लेटाङ नगरपालिका ५ का २३ वर्षीय युवराज महरा रहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । 

 महराले गत साउन २० गते १४ वर्षीय बालिकालाई सोही ठाउँको बाँसघारीमा ललाई फकाई गरी बलात्कार गरेको भन्ने उजुरीको आधारमा  पक्राउ गरेका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।