विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सातौँ अधिवेशन विराटनगरमा हुने भएको छ ।  

आगामी भदौ २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो  । 

नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले विराटनगरमा नाट्टाको सातौँ अधिवेशन गर्ने निर्णय भएको वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले जानकारी दिए । सातौँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

सातौँ अधिवेशन तयारीको काम तीव्र रूपमा भइरहेको नाट्टाका वरिष्ठ उपाध्यक्ष  भट्टराईले जानकारी दिए । ‘भव्य सभ्य तरिकाले सम्मेलन गर्न हामी लागि परेका छौँ,’ उनले भने, ‘अहिले तयारी तीव्र भइरहेको छ ।’ 

नाट्टाको बैठकमा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भएको ट्राभल एजेन्सी दर्ता शुल्क ५ लाख रुपैयाँबाट घटाएर १ लाख रुपैयाँ बनाएको, भारतका ८० भन्दा बढी ट्राभल व्यवसायीलाई सहभागी गराएर मेचीनगरमा पर्यटन सम्बन्धी कार्यक्रम गरेको, नेपालका २० भन्दा बढी पर्यटन व्यवसायीको साथमा भारतको सिलीगुडी, गुवाहाटी, र शिलोङ तथा ‘नर्थ इष्ट सेल्स मिसन ’ सम्पन्न गरिएको , बिर्तामोड हस्पिटल र पर्यटन व्यवसायीहरूको ५० भन्दा बढी स्टल सहित ‘हेल्थ टुरिजम मार्ट’ सम्पन्नलगायतका थुप्रै कार्यक्रम गरिएको जानकारी गराएको छ । कोशीमा नाट्टामा आबद्ध ६० जना  सदस्य रहेका छन् ।