सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले सुमित कुसवाहा, प्रकाश श्रीवास्तव, राहुल कुमार र रवीन्द्रप्रसाद कुर्मीलाई पक्राउ गरेको डिएसपी सुरज कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु विरगञ्ज निवासी रहेको र उनीहरुले बिर्तामोडमा बसेर ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

सामाजिक सञ्जाल वाट्सएपमा तपाईंलाई आइफोन, ल्यापटप, घडी उपहार प¥यो भन्दै उपहार प्राप्त गर्न भन्सार र करको पैसा जम्मा गर्न लगाउने मध्येका चार जनालाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।

पक्राउ पर्नेहरुले ‘इभा सोफिया’ नाम भएको फेसबुकको म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई आफू स्वीडेनको एक तेल र ग्यास कम्पनीको म्यानेजर भएको र तपाईहरुलाई कम्पनीको तर्फबाट आईफोन, ल्यापटप, घडी जस्ता उपहार प¥यो भन्दै ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।

पक्राउ परेका चारै जनालाई ठगी मुद्दामा इलाका प्रहरी कार्यालय झापाले जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।