गाँजा तस्करी गर्ने एक भारतीय नागरिकलाई धरान ५ स्थित देउराली याक्थुङ चोकबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।

गत साउन २१ गते मोटर साइकल चेकजाँच गर्ने क्रममा याक्थुङ चोकस्थितमा अस्थायी प्रहरी चौकी देउरालीले बिहार राज्य अररिया जिल्ला नरपतगंज थाना खैरा कोशकापुर बस्ने वर्ष ३० को गुड्डुकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भारतीय नम्बरको बजाज कम्पनीको बीआर ३८एन ५२२६ नम्बरको मोटरसाइकलको सिटभित्र प्लाष्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा तीन केजी चारसय ग्राम बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।