नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एकसय किलो सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएको बताइएको छ । 

त्रिभुवन विमानस्थल भन्सार  कार्यालयबाट बाहिरिएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाइसकेको छ ।