धरान । झापाको दमक नगरपालिका–१ मा चिरान गरिएको काठसहित फर्निचर व्यवसायी पक्राउ परेका छन् ।

गौरव फर्निचरका सञ्चालक गोकुल घिमिरेलाई काठसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार दिउँसोतिर विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट दमकले काठसहित सञ्चालक घिमिरेलाई पक्राउ गरेको हो ।

प्रहरीले सखुवा र सिसौ प्रजातिका २० क्यू. फिट चिरान काठसमेत बरामद गरेको जनाएको छ । प्रहरीले सञ्चालक घिमिरेसहित बरामद गरिएको काठ वन कार्यालय बेलडाँगीमा बुझाएको छ ।