पथरी शनिश्चरे नगरपालिका ३ बाट प्रहरीले कटुवा पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा  स्थानीय ३२ वर्षीय  राज कुमार तुम्बाफो रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएका छ । कार्यालयका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ कार्यालयबाट खटिएको प्रहरी टोलीले  तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको थियो । 

पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।