श्रीमती हत्या अभियोगमा सप्तरीमा एक जनालाई  प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा  महादेवा गाउँपालिका २ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङ रहेका छन् । उनीहरू बीच घरायसी वादविवादको कारण झगडा हुँदा  खङले  कुटपिट गरेपछि पार्वती गम्भीर घाइते भएकी थिइन् ।  श्रीमानकाे कुटपिटबाट  पार्वती गम्भीर घाइते  भएकाे खबर पाउनसाथ  पुगेकाे इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  जनाएकाे छ ।

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएकाे छ । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी  ६१ वर्षीया समतोलिया खङको  पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएकाे छ ।