बुटवलमा  निर्माण व्यावसायी माथि खुकुरी प्रहार  भएकाे छ । 

निर्माण व्यवसायी निर्मल खत्री माथि बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहार भएका प्रहरले जनाएकाे छ । खुकुरी तथा ढुंगा मुढा प्रहारबाट खत्रीकाे  टाउकोमा ६० वटा टाँका लागेकाे छ । 

रात्रिकालीन बजार चलेकै अवस्थामा युवाबीच हानाहान भइरहेको कालिकापथमा दिउँसो पनि युवा समूहले खुकुरी प्रहार गर्नुले बुटवलको सुरक्षा व्यवस्थाप्रति सबैले प्रश्न उठाएका छन्। दिउँसै खुकुरी नचाउँदै सडकमा हानाहान गर्नुले बुटवलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको स्थानीय हरि अर्यालले बताए। नागरिकमा त्रास पैदा गरेको भन्दै सुरक्षाको प्रत्याभूति दिन उनले प्रहरी गम्भीर भएर लाग्नुपर्ने बताए।