धरान । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रोकिराखेको पिकअप गाडीमा जाँच गर्दा भन्सार छली गरी ल्याएको चिनी बरामद गरेको छ ।

चालक नभएको अवस्थामा रोकी राखेको कोशी प्रदेश ०१–००१ च ९९०१ नम्बरको पिकअप गाडीबाट १९ बोरा चिनी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले शङ्का लागी जाँच गर्दा ५० केजी दरको १९ बोरा चिनी बरामद गरेको हो ।

अन्दाजी ७० हजार मूल्य बराबरको चिनी र पिकअप अन्दाजी मूल्य ८ लाख कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।