विराटनगर ।  विराटनगर महानगरपालिका ६ का  २७ वर्षीया  पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाल पक्राउ परेका छन् । 

पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकराी दिए । 

असार २० गते राती  साढे ८ बजे  विराटनगर ४ स्थित कोशी राजमार्ग दुध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए । आयुषले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ । 

मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पु¥याईएको थियो ।

रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु साहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि उनै भेट्वाले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।

उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले बताए ।