रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक विस्तार आयोजना अन्तर्गत सेउती पुलदेखि धरानको तीनकुनेसम्म ४ दशमलव ५ किलोमिटर सडक पक्की बनेपछि यात्रा सहज र दृश्य मनमोहक देखिन थालेको छ । 

ठेक्का लागेको धेरै समय बितिसक्दा पनि काम सुरु नगरेको, बीचैमा छाडेको र यात्रामा असहजता भएको, दुर्घटना निम्तिने गरेको भन्दै चौतर्फी आलोचना र धरानवासी विरोधपछि सडकको काम सम्पन्न हुने लागेको छ । 

सडकको यो खण्ड रौताहा कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी निर्माण गर्ने जिम्मेवारी पाएको थियो । ३९ करोड ५९ लाख ७३ हजार ६ सय ९३ रुपैयाँमा ठेक्का पाएको रौताहा काम अन्तिम चरणमा पु¥याएको छ ।

६ लेन सडक विस्तार आयोजनाअन्तर्गत तरहरादेखि धरानको तीनकुनेसम्मको १० किलोमिटर सडक दुई खण्डमा ठेक्का लगाइएको थियो । तरहरादेखि सेउती पुलसम्मको ५ दशमलव ५ किलोमिटर सडक बनाउने ठेक्का हिमधुङ प्यासिफिक जेभीले पाएको थियो । ५० करोड ३७ लाख २५ हजार ५ सय ४६ रुपैयाँमा ठेक्का लागेको यो खण्डमा ठेकेदारले अलपत्र पारेछि सर्वत्र आलोचना हुँदै आएको छ । यो खण्डमा अहिलेसम्म सम्पन्न हुन सकेको छैन । 

सडक सम्पन्न नहुँदा यात्रुले सास्ती पाइरहेका छन् । दुर्घटनाको जोखिम समेत बढ्दो छ । जीर्ण सडककै कारण गत आर्थिक वर्षमा यो सडक खण्डमा ४४ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांकले देखाएको छ । 

यहाँ हेरौं, सेउती पुलदेखि धरानको तीनकुनेसम्म निर्माण भएको सडक र तरहरादेखि सेउती पुलसम्मको ५ दशमलव ५ किलोमिटर सडकको अवस्था केही तस्बिरहरुमा । 

Seuti-Tinkune-Sadak-blastkhabar (2)

Seuti-Tinkune-Sadak-blastkhabar (3)

Seuti-Tinkune-Sadak-blastkhabar (3)

Seuti-Tinkune-Sadak-blastkhabar (4)

Seuti-Tinkune-Sadak-blastkhabar (5)

Seuti-Tinkune-Sadak-blastkhabar (6)

Seuti-Tinkune-Sadak-blastkhabar (7)

Seuti-Tinkune-Sadak-blastkhabar (3) 5

tarahara-tinkune-sadak-blastkhabar (2)

tarahara-tinkune-sadak-blastkhabar (3)

tarahara-tinkune-sadak-blastkhabar (4)

tarahara-tinkune-sadak-blastkhabar (5)

tarahara-tinkune-sadak-blastkhabar (6)

tarahara-tinkune-sadak-blastkhabar (7)

tarahara-tinkune-sadak-blastkhabar (8)

tarahara-tinkune-sadak-blastkhabar (9)

tarahara-tinkune-sadak-blastkhabar (1)