धरान । धरान–१५ स्थित चिल्ड्रेन्स एकाडेमीमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन र भाइस क्याप्टेन चयन भएको छ । कक्षा १० की छात्रा एन्जल मगरको संयोजकत्वमा गठित ४ सदस्यीय निर्वाचन आयोगले क्याप्टेन, भाइस क्याप्टेन चयन गरेको हो ।

बिहीबार विद्यालय परिसरमा भएको निर्वाचनमा स्कुल क्याप्टेन सेनिता लिम्बू, भाइस क्याप्टेनद्वयमा निसम लिम्बू र सहारा बस्नेत चयन भए । त्यसैगरी निर्वाचनबाट रेड हाउस क्याप्टेन अल्बर्ट राई, भाइस क्याप्टेन ओविना लिम्बू, ग्रीन हाउस क्याप्टेन युग श्रेष्ठ, भाइस क्याप्टेन सम्पदा गुरुङ, ब्लु हाउस क्याप्टेन युविस बजगाईं, भाइस क्याप्टेनमा साङ्गेन्मा राई, यल्लो हाउसबाट क्याप्टेन मञ्जिल न्यौपाने, भाइस क्याप्टेन नोनेम लिम्बू चयन भएको निर्वाचन संयोजक एन्जल मगरले बताइन् ।

विद्यालयकी प्रिन्सिपल गीता गुरुङ र भाइस प्रिन्सिपल वसन्त गुरुङद्वारा मतदान गरी सुरु भएको मतदान कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू सहभागी भए । विद्यार्थीहरूलाई सानैदेखि निर्वाचनसम्बन्धी व्यावहारिक ज्ञान दिनका लागि यस्तो निर्वाचन अभ्यास गराएको विद्यालयका संस्थापक उत्तम गुरुङले बताए ।