धरान । धरान–९ को समिट सेकेन्डरी बोर्डिङ स्कुलले स्कुलको हेड ब्वाइ र हेड गर्ल छनोट गरेको छ ।

चुनावी प्रक्रियाबाट शुक्रबार सम्पन्न कार्यक्रमबाट हेड ब्वाइ र हेड गर्ल छनोट गरिएको स्कुलका प्राचार्य रमेश दाहालले जानकारी दिए । उनका अनुसार हेड ब्वाइ र हेड गर्लमा अन्तिम चरणमा पाँच–पाँच जना छानिएर उम्मेदवारी दिएका थिए ।

हेड ब्वाइमा सुशान्त राई, अमरजित साह, सक्षम शर्मा, रिफाक हुसैन र सोलोमन राई थिए भने हेड गर्लमा ओसिन तामाङ, आँचल साह, सुस्मिता पोद्दार, प्रियङ्का रैका मगर र लाभिना भुजेल उम्मेदवार रहेका थिए ।

कार्यक्रमको निर्वाचन आयुक्तमा तुलसीराम गड्तौला, प्रमुख निर्वाचन अधिकृतमा शिक्षकद्वय प्रवीन निरौला र सुगम अधिकारी, सहायक अधिकृतमा शिक्षिकाहरू प्रितिक्षा भुजेल, सरला लिम्बू, जुनेली तामाङ, मीना शर्मा, सृजना महर्जन र सिम्रन थापा मगर रहेका थिए ।

विद्यार्थीले पाठ्यक्रममा अध्ययन गरेका विभिन्न विषयवस्तुलाई व्यावहारिक रूपमा ज्ञान दिन र विद्यार्थी जीवनदेखि नै उनीहरूमा नेतृत्व कौशल विकास गर्न चुनावी प्रक्रियाबाट छनोट गरिएको प्रमुख निर्वाचन आयुक्त रमेश दाहालले जानकारी दिए ।