धरान फुटबल क्लबका अध्यक्ष किशोर राई कोशी प्रदेश फुटबल संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनले आइतबार राईलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । अध्यक्ष राईसहित सबै पदाधिकारी निर्विरोध चयन भएका हुन्।

उपाध्यक्षमा मणि कुमार लिम्बु, समिर राई, सफल किरात, खड्क बहादुर श्रेष्ठ, शिव न्यौपाने र कबिरमान तुम्बापो चयन भएका छन् ।

सदस्यमा लक्ष्मी प्रसाद काफ्ले, मनेश दाहाल, शम्भु प्रधान, महानन्द भंकराज, रन्जन कार्की,शारदा लिम्बु, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेम प्रसाद तामाङ, कुवेर आङदेम्बे लिम्बु र गोकर्ण भट्टराई चयन भएका छन्।

अध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिंदै राईले  सहकार्यका माध्यमबाट नेपाली फुटबलको गुमेको साख फर्काउने प्रतिवद्धता व्यक्त गरे ।