लगातार दोस्रोपटक अध्यक्ष पदमा ऐयुब अन्सारी निर्वाचित भएपछि कोसी गाउँपालिकाले विकास निर्माण कार्यले गति लिएको छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत् दोस्रोपटक अध्यक्ष पदको जिम्मेवारी पाएका अन्सारीको नेतृत्वमा अहिले कोसी गाउँपालिकामा बाटोघाटो निर्माण कार्य मात्रै नभई शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगारीलगायत चौतर्फी विकास निर्माण कार्यले गति लिइरहेको अवस्था छ ।

सुनसरीको कोसी गाउँपालिकामा दोस्रो स्थानीय तहको निर्वाचनमार्फत् जनप्रतिनिधि छनौट हुँदा अध्यक्ष, उपाध्यक्षसहित अधिकांश जनप्रतिनिधि आफ्नो दोस्रो कार्यकालका लागि दोहोरिन सफल भए । ‘गाउँपालिका नेतृत्वलाई दोस्रो कार्यकालको लागि अवसर प्रदान गर्नु भनेको एक हदसम्म पहिलो कार्यकालको कामलाई आम जनताले मतदानमार्फत् अनुमोदन गर्नु सरह बुझिन्छ’ स्थानीय बुद्धिजीवी धर्मेन्द्र कर्णले भने, ‘यद्यपि दोस्रो कार्यकाल सहज भने छैन, नयाँ संरचना, बजेट, कानून र जनशक्तिको अभाव भई अधुरो रहन गएका चुनावी घोषणाहरू पूरा गर्ने वाचाका साथ जनताबाट मत लिन सफल कोसीको नेतृत्वलाई राजनीतिक भविष्य सफल बनाउन दोस्रो कार्यकाल अग्नि परीक्षा सरह हो।’

स्वास्थ्य र रोजगारी प्राथमिकतामा
आम जनताको विश्वास जित्दै पुनः नेतृत्वमा आएका कोसी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी चुनावी वाचा पूरा गर्न तल्लीन देखिन्छन् । २०७९ वैशाख १२ गते पदभार ग्रहण गरी कार्यभार सम्हालेका अध्यक्ष अन्सारीले पहिलो वर्षमा खासगरी स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।

रोजगारीतर्फ
पालिका क्षेत्रमा पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने चुनावी घोषणा गरेका अध्यक्ष अन्सारीले वार्षिक कार्यक्रममा पनि महŒव दिएको पाइन्छ । कोसी बाढीबाट क्षतिग्रस्त भई पुनस्र्थापनाको क्रममा रहेको यस भेगका युवाहरूको लागि योग्यतामा आधारित रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू यो वर्ष सञ्चालन भएका छन् ।
१) पालिकाबाट सञ्चालन भएको शिक्षक सेवा तयारी कक्षामा सहभागीमध्ये ९ जनाले शिक्षक सेवा आयोग पास गरेको अवस्था छ ।

२) यो वर्ष पनि विपन्न ५५ जना छात्रा÷हिलाहरूका लागि शिक्षक अनुमति पत्र तयारी कक्षा सञ्चालन गरियो ।

३) अनुमति पत्र पास भई शिक्षक सेवा आयोगमा फाराम भरेकामध्ये ४० जनाका लागि शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको थियो । विभिन्न कारणले घरबाट बाहिर जान नसक्ने छात्रा÷महिलाहरूका लागि यो कक्षा निकै लाभदायक भएको बताइएको छ ।

४) चालु वर्षमा मात्रै ४० जनाले निःशुल्क लोकसेवा तयारी कक्षा लिएका छन् ।

५) सुरक्षा निकायमा करियर देख्नेका लागि सुरक्षा निकायमा भर्नाका लागि तयारी कक्षा र अभ्यास कक्षा सञ्चालनको तयारीमा रहेको छ । यी तयारी कक्षाबाट लाभ लिई स्थायी रोजगारीको अवसर प्राप्त गर्दा पालिका क्षेत्रका अन्य युवाहरूलाई पनि उच्चशिक्षा हासिल गर्न उत्साह मिल्ने अपेक्षा छ ।

६) गाउँपालिकामा सञ्चालन भएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्पmत् यो वर्षमा ९० जना नयाँ उद्यमी सिर्जना भएको छ भने ४० जना पुराना उद्यमीहरूको स्तरोन्नतिसहित प्रविधि सपोर्ट गरिएको छ ।

७) सशर्त कार्यक्रमका अतिरिक्त अध्यक्ष उद्यमशीलतामा आधारित रोजगारी कार्यक्रम कार्यान्वयन गरी ५० जनालाई उद्यमशीलता विकास तालिम प्रदान गरेका छन् । त्यस्तै व्यावसायिक प्लानसहित उद्यम गर्न इच्छुक व्यक्तिलाई लागत साझेदारीमा प्रोत्साहन गर्ने पालिका अध्यक्षले घोषणा नै गरेका छन् ।

८) राष्ट्रिय मावि सोभनपुरमा सञ्चालन गरिएको प्राविधिक धारको पढाइले पनि दीर्घकालमा रोजगारी वृद्धिमा ठूलो टेवा पुग्ने विश्वासका साथ कोसी जनता मावि हरिपुरमा समेत प्राविधिक धारको पढाइका लागि सम्बन्धित निकायमा प्रस्ताव पेस गरिएको छ ।

inaruwa-loksewa

स्वास्थ्यतर्फ

१. पालिकाको आन्तरिक स्रोतबाट ४ वटा सामुदायिक स्वास्थ्य इकाइ र २ वटा प्रसूति गृह सञ्चालनमा ल्याइएकोमा यो समेत प्रसूति गृहको सङ्ख्या ३ पुगेको छ । कोसी गाउँपालिका वडा नं. ५ स्थित हुड्कीटोलमा प्रसूति गृहबाट सेवा सुरु गरिएको छ । पिछडिएको समुदाय मानिने मल्धैया बस्ती र प्रभाकर टोलको मुसहर बस्तीलाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको प्रसूति  गृहबाट वडा नं. ५ र ६ का अधिकांश महिलाले स्वास्थ्य लाभ लिन लिइरहेका छन् । हालसम्म पनि घरमै प्रसूति गराई स्वास्थ्य जोखिम लिने बाध्यतामा रहेका महिलाहरू प्रसूति गृहको सेवा पाउँदा हर्षित छन् । यसरी कोसी गाउँपालिकामा एउटै पालिकाभित्र ३ वटा प्रसूति गृह सञ्चालनमा ल्याउने पालिकाको सूचीमा परेको छ ।

२. कोसी गाउँपालिकाले यो वर्ष मात्रै २ स्थानमा प्रयोगशाला (ल्याव) सेवा सञ्चालनमा ल्याएको छ । लौकहीस्थित स्वास्थ्य चौकीबाट ल्याव सेवा प्रदान हुँदै आएकोमा प्रसूति गृह सञ्चालनमा रहेको हरिपुर स्वास्थ्य चौकी र कुम्याहीस्थित सामुदायिक स्वास्थ्य इकाइबाट पनि ल्याव सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट जनशक्ति व्यवस्थापन गरेको छ ।

३. गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत गर्भवती महिलाको लागि घुम्ती अल्ट्रासाउण्ड सेवालाई विस्तार गर्दै हाल आठवटै स्वास्थ्य संस्थाबाट अल्ट्रा साउण्ड सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ । पालिकाले आन्तरिक बजेटबाट दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गरी गर्भवती मात्र नभई कुनै पनि रोगको जाँच गराउन गुणस्तरीय अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्दै आएको छ। साप्ताहिक रूपमा सेवा उपलब्ध हुने दिनको प्रचार–प्रसार गरी सुरु गरिएको यो सेवाबाट मासिक हजार जनासम्मले लाभ लिइरहेका छन् । सामान्य चेकजाँचका लागि इनरुवा, विराटनगर जानबाट बाध्य कोसीबासी घरनजिकै निःशुल्क सेवा पाएकोमा दङ्ग छन्।

४. पालिका क्षेत्रका स्वास्थ्यसंस्थाबाट दैनिक ओपिडी सेवा, गर्भवती जाँच सेवा र समय समयमा सञ्चालन हुने गाउँघर क्लिनिक, खोप सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन यो वर्ष मात्रै १५ जना स्वास्थ्य जनशक्ति करार सेवामा नियुक्त गरिएका छन् ।

५. पालिकाभरिका अपाङ्गता भएका व्यक्तिको व्यवस्थित प्रोफाइल तयारी कार्य सम्पन्न भएको छ । कुनै पनि वडामा बच्चा जन्मेको २८ दिनभित्र तालिमप्राप्त जनशक्तिले बच्चाको निरीक्षण गरी प्रतिवेदन दिने कार्य भइरहेको छ । कुनै समस्या देखिएमा तत्काल निःशुल्क उपचारको व्यवस्था गरिन्छ। जन्मिदा अपाङ्गताको लक्षण देखिएका १० जना बच्चालाई निःशुल्क उपचार प्रदान गरी अपाङ्गता हुनबाट जोगाइएको छ । उपचारबाट निको हुने वा सुधार हुने १ सय ४ जनालाई स्वास्थ्य उपचार गराइएको छ । चालु वर्षमा मात्रै आवश्यकताअनुसार कृत्रिम हात, कृत्रिम खुट्टा तथा आवश्कताअनुसार अन्य ३५ जनालाई सहायक सामग्री उपलब्ध गराइएको छ ।

swasth
दोस्रो कार्यकालका निर्वाचित भएको पहिलो वर्षमा स्वास्थ्य र रोजगारीलाई बढी प्राथमिकतामा राखेको बताउने अध्यक्ष अन्सारीले शिक्षा र भौतिक पूर्वाधारको विकासलगायत अन्य क्षेत्रलाई बेवास्ता भने नगरेको बताउँछन् । यो वर्षमा राष्ट्रिय मावि लौकही, राष्ट्रिय मावि सोभनपुरको भवन निर्माण कार्यले गति लिएको छ भने प्रभाकर टोलको आधारभूत विद्यालयमा कम्पाउण्ड वालको काम भइरहेकोे अवस्था छ । विद्यालयको अनुगमन र नियमनलाई प्रभावकारी बनाउनका लागि धेरै सङ्ख्यामा कानून,  कार्यविधिहरू निर्माण भएका छन् । आगामी वर्षमा यी कार्यविधिहरू अवलम्बन गर्दै सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा व्यापक सुधार गर्ने अध्यक्ष अन्सारीको रणनीति छ ।

भौतिक पूर्वाधारतर्फ बहुप्रतिक्षित जमुवा–कुम्याही–हरिपुर सडक कालोपत्रे निर्माण कार्य सुरु भएको छ। जसबाट ४ वटा वडाका अधिकांश घरधुरी लाभान्वित हुनेछन् । मुुलुकमा देखिएको आर्थिक सङ्कटका कारण सिलिङअनुसार तोकिएको बजेटमा केन्द्रले व्यापक कटौती गरेको हुँदा सोचेजस्तो विकास निर्माणका कार्यमा प्रगति गर्न नसकिएको अध्यक्ष अन्सारीको भनाइ छ । स्थानीय तहले स्रोतको अवस्थाअनुसार प्राथमिकता निर्धारण गरी अठोटका साथ काम गर्दा मात्र देखिने गरी विकास हुने उनको  अनुभव छ । पहिलो वर्षलाई स्वास्थ्य र रोजगारीमा केन्द्रित गर्ने आफ्नो रणनीति रहेको हुँदा सोहीअनुसार काम गरिएको बताउँदै अध्यक्ष अन्सारीले स्वास्थ्य र रोजगारीमा यो वर्ष भएको काम दीर्घकालमा आम जनताले देख्ने र अनुभूति गर्ने बताए । यस्तै  आगामी वर्ष कोसी गाउँपालिका क्षेत्रमा १५ बेडको अस्पताल, पालिकाको प्रशासनिक भवन निर्माण गर्नेदेखि स्वास्थ्य र शिक्षा क्षेत्रलाई थप व्यवस्थित गर्ने आफ्नो योजना रहेको अध्यक्ष अन्सारी बताउँछन् ।