भद्रपुर । परपुरुषको धाक धम्कीका कारण यौनहिंसामा परेकी झापाकी एक महिलाले उचित न्याय नपाएको बताएकी छन् । जबरजस्ती करणीमा मुद्दा दर्ता भएको युवक  अदालतबाट धरौटीमा छुटेका कारण न्याय नपाएको बताएकी हुन् ।

भद्रपुर २ पृथ्थीवीनगर कि २६ वर्षिया महिलालाइ  सोही स्थानका अन्दाजी ३३ वर्षिय दोर्जे भन्ने प्रेम तामाङ्ले ललाइ फकाइ ,धाकधम्की देखाएर केही वर्ष यताबाट यौनजन्य क्रियाकलाप गर्दै आइरहेको पीडित महिलाको आरोप छ । 

पीडितले दिएको घट्ना विवरण अनुसार सोलुखुम्बु जिल्लाबाट ५ वर्ष यता श्रीमान र एक छोरासहित पृथ्थीवीनगर बसाँइ सराइ आएका थिए । घर खर्च चलाउन पीडित महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि दुवइ गए । उनीहरुको छोरा विरामी हुदै आएपछि उपचारका लागि लैजान साधन नभएपछि छिमेकी नातामा भाइ पर्ने दोर्जेलाइ उनका परिवारले अटो लिएर आउन भने ।दोर्जे अटो रिक्सा चालक हुन् ।

महिलाको कुनै काम पर्दा दोर्जेले अटोबाट सेवा दिदै आइरहे । यतिसम्मकी श्रीमानले विदेशबाट पठाएको रकम झिक्न जादसमेत दोर्जेको नै अटो प्रयोग हुदै आयो । यस्तो प्रक्रिया लामोसमयसम्म चल्दै आएपछि उनीहरु नाता भन्दा नजिक भए । यसैक्रममा एक दिन छोराको उपचार गराउन महिला दोर्जेको अटोमा प्रादेशिक अस्पताल भद्रपुर आइन् ।

उपचारपश्चात् घर फर्किदा बेलुका साढे ७ बजे घर नजिकै रहेको वाँसघारी छेउमा अटो रोकेर दोर्जेले मैले भनेको मान्नु हैन भने आमा छोराको ज्यान लिन्छु भन्दै कुटपिट गरी जबरजस्ती यौनजन्य क्रियाकलाप गरे ।

घट्नापछि यो कुरा कसैलाइ हल्ला गरिस् भने फुपुसासु लगायत सवैको ज्यान लिन्छु भनेपछि बोलाएको ठाउँमा जानु पर्ने , उसले मागेको रकम दिनु पर्ने ,बारम्बार फोन गर्ने, नम्बर ब्लक गर्दा समेत अरु नम्बरबाट कल गरेर रकम माग्ने लगायतको मानसिक तनाव दिएको उनको भनाइ छ । इज्जतका कारण र श्रीमानलगायत आफन्तबाट बच्न रकम दिदै जादा पटक – पटक गरेर १३ लाख नगद, ३ तोला चारआनी सुन समेत लगेको उनले बताइन् । 

पछिल्लो पटक ०७९ कातिक २८ गते पटक – पटक फोन गरेर आज अन्तिम दिन आइज अनि कल गर्दिन भनेपछि भद्रपुर–५ बस पार्क नजिकै रहेको देउराली होटल एण्ड लजको कोठा नम्बर ११० मा दिउँसो साढे १ बजे जबरजस्ती लगेको र नमान्दा कुटपिट गर्दे कपडा च्यातिदिएर भिडीयो बनाएको र घाटीमा लगाएको १ तोला चारआनीको सिक्री समेत तानेर लगेको उनको भनाइ छ । होहल्ला गर्दा समेत होटलका कर्मचारी नआएको उनले बताइन् ।

सोही दिन भद्रपुरमा रहेको नेपाल वैङकमा श्रीमानले पठाएको १ लाख ९० हजार रुपैयाँ झिक्न दोर्जेकै अटोमा गएको उनले बताइन् । झिकेको रकममध्ये १ लाख माइतमा पठाएको र बाँकी रकम पनि जबरजस्ती दोर्जेले लगेको उनले बताइन् ।

 त्यसपछि श्रीमानसँग सामाजिक सञ्जालमा साथी बनेर दोर्जेले अश्लिल भिडीयो र फोटाहरु पठाएपछि घट्ना बाहिर आएको उनले सुनाइन् । घट्ना छताछुल्ल भएपछि मङसिरमा सीमा प्रहरी चौकी सोमबारेमा दोर्जे विरुद्ध उजुरी गरिन् । दोर्जे प्रहरीको सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमामा जबरजस्ती करणी गरेको आरोपमा मुद्दा मङसिर २३ गते दर्ता गराउन गइन् ।

प्रहरीलाइ घट्ना सुनाइन् तर, रकम र सिक्री लगेको धाकधम्की दिएको विषय लेख्न नमानी मीशिल कमजोर बनाएको उनको आरोप छ । किटानी जाहेरीपश्चात् दोर्जे सोही दिन जिल्ला प्रहरीमा हाजिर हुदै घट्ना स्वीकार गरेको उनले बताइन् । 

दोर्जेलाइ प्रहरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउदै झापा जिल्ला अदालतमामा पुस १८ गते पेश गर्यो । केही दिन दोर्जे झापा कारागारमा समेत वसे । यता अदालतले प्रमाणका आधारमा आरोपितलाइ ३ लाख धरौटी तोकेको फैसला सुनायो । दोर्जे कारागार मुक्त भएर गाउँमा नै छन् । हाल उनले फोन नगरेको महिलाको भनाइ छ । दोर्जेको आफन्तले फोन गरेर मिलाउने कुरा गर्दे आइरहेको उनले सुनाइन् । 

यता महिलाका श्रीमानले दोर्जे कारागार नगएसम्म घरमा वस्न नपाइने भनेपछि हाल छोरासहित आफन्तकोमा बस्दै आइरहेको उनको भनाइ छ । बरु रकम चाहिएन तर दोर्जे कारागार जानै परो भन्दै श्रीमानले बताएको उनले सुनाइन् । 

जबरजस्ती करणीको मुद्दामा पनि धरौटीमा छुटेपछि न्यायका लागि पुनरावेदन अदालत इलाममा सोही व्यहोराको मुद्दा माघ महिनामा दर्ता गरेको उनको भनाइ छ । घट्ना वाहिर आएपछि समाजको हेर्ने दृष्टिकोण पनि फरक परेको उनको भनाइ छ । घट्नाको  यर्थाथ कारण बुझ्न समेत समाजलाइ उनले अनुरोध गरेकी छन् । आफन्तका विश्वासका कारण विचल्लीमा परेको उनको भनाइ छ । सवै क्षेत्रबाट न्यायका लागि उनले सहयोग मागेकी छन् ।