खाँदबारी । संखुवासभा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा खाँदबारी नगरपालिका प्रथम भएको छ ।

२७ स्वर्ण, १३ रजत र ४ कास्य पदकसहित खाँदबारी नगरपालिका प्रथम भएको हो । त्यस्तै द्वितीय धर्मदेवी नगरपालिका भएको छ । ९ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित धर्मदेवी दोस्रो भएको हो । भने ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक ल्याएर सभापोखरी गाउँपालिका तेस्रो भएको छ । 

मंगलबारदेखि सुरु भएको प्रतियोगीता विहिबार सम्पन्न भएको हो । प्रतियोगीतामा संखुवासभाको १० वटै पालिकाहरुको सहभागीता रहेको थियो । मंगलबार प्रदेशसभा सदस्य राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास वोर्डका सदस्यसचिव हंसराज वाग्ले लगायतको उपस्थितीमा खेल उद्घाटन भएको थियो । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगीता खाँदबारी रंगशालामा सञ्चालन भएको थियो ।