भद्रपुर (ब्लाष्ट) सामाजिक सञ्जालमा विज्ञापनमार्फत्आ कर्षक तलबको लोभ देखाएर रकम ठगी गर्ने चारजनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।

भारतको सिलिगुडीमा रहेको ओलाइभ मेनुफेक्चरिङ मार्केटिङ प्रालिमा आकर्षक सेवासुविधासहित रोजगार पाइने भन्दै नेपालीहरूलाई लगेर उनीहरूबाट तालिम शुल्क भनेर ठगेको पाइएको हो । यसरी ठगी आरोपमा पक्राउ पर्नेहरूमा कैलाली लम्कीका कृष्ण देवकोटा, सङ्खुवासभाका मनिष कार्की, झापा कचनकवलका तीर्थ सिग्देल र सोही ठाउँका रोशन तामाङ रहेका छन् ।

नेपालीहरूलाई भारतको सिलिगुडी लगेर ठगी गर्दै आएका उनीहरूलाई अन्यलाई पनि लैजान लागेको अवस्थामा भद्रपुर विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको कब्जाबाट उम्केर बिर्तामोड–३ की ज्योति राजवंशी, मोरङ बेलबारीका नवीन राजवंशी, बर्दियाकी लक्ष्मी चौधरी थारु, मकवानपुर हेटौंडा–५ की सीता दराई, पर्सागढी गाउँपालिकाका अजित तामाङ आइपुगेका छन् ।

पीडितहरूले शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगीसम्बन्धी उजुरी दिएका छन् । ओलाइभ मेनुफेक्चरिङ मार्केटिङ प्रालिका सञ्चालकहरूले सीता दराईबाट २५ हजार ,अजित तामाङबाट २६ हजार, ज्योति राजवंशीबाट २० हजार, नवीन राजवंशीबाट २० हजार, लक्ष्मी चौधरी थारुबाट २५ हजार रुपैयाँ लिएको पीडितहरूले बताएका छन् ।

अ ा प m ू ह रू ल ा र्इ  महिनाको २५ देखि ३० हजार भारु कमाइ हुने भन्दै लिएर गएको र तालिम शुल्क भनेर सबैबाट रकम ठगी गरेको सीता दराईले बताइन् । उनले गार्मेन्ट फ्याक्ट्रीको लुगा अनलाइन बिक्री गर्नुपर्छ भनेर आफूहरूलाई लिएर गएको बताइन् । तालिम भनेर आफूहरूलाई दिसापिसाब गर्न जानसमेत नदिने, मोबाइल खोस्ने काम गरेको सीताले बताइन् ।

‘राम्रै कमाइ हुन्छ भनेर गइयो, पछि बुझ्दै जाँदा ठगिएको थाहा भयो’–उनले भनिन् । उनी गत साता मात्र गएकी थिइन् । करिब एक महिनाअघि गएकी बिर्तामोड–३ की ज्योति राजवंशीले आफ्नो पैसा ठगेको र काम गरेको पैसा पनि नपाएको बताइन् । फेसबुकमा विज्ञापन हेरेर आफू गएको र अरूजस्तै ठगीमा परेको जनाइन् । पक्राउ पर्नेहरू एजेन्ट भएको र उनीहरूको मुख्य नाइके भारतीय नागरिक राहुल साह भएको बताइएको छ ।

नेपालबाट जानेहरूलाई बन्धकजस्तै राखेर बिहान ११ देखि बेलुका ५ बजेसम्म तालिम दिने, पुरानाहरूसँग नयाँहरूलाई बोल्न नदिने, मोबाइल खोस्नेजस्ता व्यवहार गरिएको पीडितहरूले जनाएका छन् ।

त्यस कम्पनीमा अन्य धेरै नेपालीहरू रहेका छन् । सिलिगुडीको तपन मार्केटमा ५ वटा होस्टेलमा नेपालीहरूलाई राखिएको छ । पीडितहरूले दिएको उजुरीको आधारमा ४ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । त्यस विषयमा अनुसन्धान भइरहेकोउनले जानकारी दिए । भारतीय प्रहरीको सहयोगमा ठगिएका र फसेका अन्य नेपालीहरूलाई पनि उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ ।