विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।

विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा सेवा, प्रशासन, नापि, प्रहरी, कानुन, युवा, आयुर्वेद सेवा, ईन्जिनियरिङ, वन, व्यपारी, उद्योगी, बैंकिङ, सेवानिवृत, तथा कार्यालय प्रमुख आदि गरी १५ विधा तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका २४ जनालाई सम्मान गरेको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।

यसैगरी जग्गादाता महेश कुमार साहलाई दोसल्ला र कदर पत्रले सम्मान गरियो । शिक्षामा, विरेन्द्र साह (रंगेली), प्रशासन तर्फ सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार साह, नापी तर्फ प्रविण प्रताप साह, प्रहरी तर्फ प्रहरी निरिक्षक कामेश्वर साह, वैकिग तर्फ निरुडे लघुवित्तका डिपुटि सिईओ भागनारायण साह, युवामा लियो अन्तराष्ट्रियका सिद्धार्थ साह, कानुनमा अधिवत्ता सन्जु कुमारी साह, व्यापारीमा नेपाल एग्रोका अनिल कुमार साह, रेडियोलोजिष्ट डा. पन्नालाल साह, प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ डा. स्वेता साह तथा डेन्टल सर्जन डा. अमित कुमार साह, औषधि विज्ञानमा विद्याबारिधी गरेका डा. अनिल कुमार साहलाई सम्मान गरेका थिए ।

कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेका थिए । तेली कल्याण समाज नेपालका ७ वटा जिल्ला अध्यक्षहरु, केन्द्रीय अध्यक्ष, ४ वटै उपाध्यक्षहरु, महासचिव, सचिव तथा सदस्यहरुको सहभागीता रहेको छ । कार्यक्रममा प्रदेश २ का सांसद भरत साहको प्रमुख आथित्यता एंव मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र केन्द्रिय अध्यक्ष विश्वनाथ साहको विशिष्ट आथित्यता रहेको थियो ।

समाजले एसईई परीक्षा २०७८ मा उत्कृष्ट अंक ल्याई उतीर्ण हुने रतुवामाई नगरपालिका ४ का अस्मिता साह,सुनबर्षी ६ का प्रियंका कुमारी साह,सुनबर्षी ४ का धिरज कुमार साह,विराटनगर १२ का बिराट साह र सोहि ठाउँका अपेक्षा साह,विराटनगर ४ का लिना सेठ तथा सुन्दर हरैंचा १३ का अरुण साह गरि ७ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

कार्यक्रममा यिनै १५ क्षेत्रमा कार्यरत ८० जना उच्च पदस्तहरुलाई मायाको चिनोले सम्मान गरेका थिए । विद्यार्थीहरुलाई मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र आयोजक संस्थाका अध्यक्ष डाक्टर बालकृष्ण साहले नगद,कदरपत्र तथा दोसल्ला सहित सम्मान गरे ।