विराटनगर । रोटरी क्लब अफ विराटनगरले विद्यार्थीहरुलाई जीवनमा सफलता प्राप्त गर्न हरेस नखाई खुशियालीका साथ जीवन जिउने उत्प्रेरणा मुलक कार्यक्रम आयोजना गरेको छ ।
जीवनमा कसरी सफलता प्राप्त गर्ने विषयमा विद्यार्थीहरुलाई सन्देश प्रवाह गर्न रोटरी क्लब अफ विराटनगरले शुक्रबार उत्पेरक कार्यक्रम आयोजना गरेको हो ।
अन्तर्राष्ट्रिय उत्पेरक दृष्टिबिहीन सृष्टि केसी उत्पेरक रहेको कार्यक्रममा विराटनगरमा कक्षा ११ र १२ अध्ययन गरिरहेका विभिन्न कलेजका १ हजारभन्दा बढि सहभागिता रहेको थियो । पछिल्लो समय युवाहरुमा देशको अवस्था देखेर डिप्रेसन तर्फ अग्रसर भईरहेको अवस्थामा उनिहरुलाई कसरी सफलता प्राप्त गरेर आत्मबलका साथ अगाडी बढ्ने उद्देश्यका साथ उत्पेरक कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा रोटरी क्लबअफ विराटनगरका अध्यक्ष श्रेष्ठ, सचिव शिव अधिकारी, क्लबका पूर्व अध्यक्ष डा। बिजुकुमार थपलिया, रोटरी इन्टरनेशनल ३२९२ का सहायक गभरर्नर अर्चना तपडिया, रोटरीयन नन्दिप अग्रवाल, सुजु कोइराला लगायतका रोटरीयनहरुको सहभागिता रहेको थियो ।