वराहक्षेत्र । नेपाल संयुक्त दलित समाज वराहक्षेत्र–६ ले ‘छुवाछुतमुक्त समाज निर्माणका लागि अन्तरघुलन कार्यक्रम’ सम्पन्न गरेको छ ।

शनिबार भएको सो कार्यक्रममा विद्यार्थीहरूलाई प्रशिक्षणसमेत दिइएको छ । उनीहरूलाई दलित अधिकारकर्मी डा.मित्र परियारले प्रशिक्षण दिएका थिए ।

त्यस्तै स्थानीयसँग अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा नेपाल शिक्षक सङ्घ नगर अध्यक्ष कृष्णप्रसाद गुरागाईं, वराह आदर्श क्याम्पस र आदर्श माविका व्यवस्थापन समिति अध्यक्षद्वय चन्द्र थापा मगर र यादव गौतम, महेन्द्र मावि तित्रिगाछीका प्राचार्य फिरोज घिमिरे, व्यवस्थापन समिति अध्यक्ष पर्शुराम आचार्य, दलित सेवा सङ्घ सुनसरी उपशाखा अध्यक्ष लङ्कमान विक, भानु आधारभूत विद्यालयका प्राचार्य तिलकराज घिमिरे, वसन्तऋतु माविका शिक्षक सुमन विकलले बोलेका थिए ।

कार्यक्रममा महेन्द्र मावि चक्रघट्टी, सप्तकोसी बहुमुखी क्याम्पस र वराह आदर्श क्याम्पस राजनीतिक दल आबद्ध विद्यार्थी सङ्गठनलाई बोलाइए पनि उनीहरू सहभागी नभएको आयोजक समाजका सह–सचिव सुबिन विश्कर्माले गुनासो गरे । समाजकी कार्यवाहक अध्यक्ष रमिला रम्तेल घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

dalit-antarkriya-(4)