पाँचथर  । पाँचथरको कुम्मायक गाउँपालिकाले वडाबासीलाई अचार बनाउने तालिम संचालन गरेको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत कुम्मायक १ का वडाबासीलाई अचार बनाउने तालिम संचालन गरेको हो । गाउँपालिकाले संघीय ससत्त अनुदानको २ लाख रुपैयाँबाट वडाका १५ जना नागरिकलाई ७ दिने तालिम संचालन गरेको उद्यम विकास सहजकर्ता नारायण सुवेदीले बताए ।

तालिमको उद्घाटन गर्दै वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले गाउँपालिकामा खेर गएको कर्चापदार्थलाई उपयोगमा ल्याउदै उद्यमी उत्पादन गर्ने उदेश्यले वडाबासीलाई शिपमुलक तालिम अन्तरर्गत अचार बनाउने तालिम दिएको बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले पालिकाले चाडैं कोशेली घरको स्थापना गर्न लागेको भन्दै तालिम लिएको ज्ञान र सिपलाई व्यवहारमा उत्तारेर उद्यमी बन्न सुझाव दिएका थिए । उद्यमीले उत्पादन गरेको अचारको परिकारको व्यवस्थापन गाउँपालिकाले गर्ने तुम्बापोको भनाइ थियो । बुधवार बाट सुरु भएको तालिमको सहजिकरण सहजकर्ता बिमला राई र चन्द्रकला भुजेलले गर्दै आएका छन ।