पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोक क्याम्पस प्रमुखमा तिलबहादुर खवास नियुक्त भएका छन । यासोक क्याम्पस संचालन तथा व्यवस्थापन समितिको बैठकले खवासलाई नियुक्त गरेको हो । व्यवस्थापन संकायको सह–प्राध्यपक समेत रहेका खवास प्रमुख पदमा नियुक्त भएका हुन । 

क्याम्पस स्थापना कालदेखिका क्याम्पस प्रमुख कर्ण बहादुर लावतीले गत माघ मा अवकास लिएका थिए । लावतीले अवसकास लिएसंगै प्रमुख पद रित्त थियो । रित्त पदमा खवासलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । खवासलाई क्याम्पस संचालन तथा व्यवस्थापन समितिको बैठकले  प्रमुखमा नियुक्त गरेको क्याम्पस प्रशासनले जनाएको छ ।  यासोक म्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायमा पठनपाठन हुदै आएको छ ।