श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २६ गते बिहीबार, ९ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको चतुर्थी तिथि भोलि ०८ः१२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरफाल्गुनी २२ः३७ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५०बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुनसक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लक्ष्य प्राप्त गर्न सफल भइनेछ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ। तापनि समस्या दर्शाउँदा सहयोगीहरू भेटिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिले खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्रोत–साधन जुट्नाले चिताएका काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु र प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि र व्यापारबाट मनग्य लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। अध्ययनमा राम्रै प्रगति हुने योग परेको छ।