बिर्तामोड । वीरता जेसीजको वर्ष २०२३ को अध्यक्षमा घनश्याम चौधरी निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ८१ मत ल्याई चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धीहरू प्रवेश बस्नेतले ४०, प्रकाश सुवेदीले २७ र दिवाकरलाल चौधरीले एक मत ल्याएका छन् । त्यस्तै उपाध्यक्ष पदमा प्रज्वल विमली १ सय २२, सुमनकुमार पोद्दार १ सय १४, बाप्पा साह ९८ र राज मुखिया ९५ मत ल्याएर निर्वाचित भए ।
विज्ञानराज पौडेल भने ८३ मतसहित पराजित भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुरज चौधरी ५४ र टीकाराम खतिवडा ४७ मतसहित निर्वाचित हुँदा अनन्तलाल महत्तो ४१, पुकार बराल ४०, अमरजित साह ३३, लोकचन्द्र श्रेष्ठ २५, जनक खड्का २३ र कृष्ण अग्रवाल १३ मत ल्याई पराजित भएका छन् । वीरता जेसीजको १ सय ६३ जना सदस्य रहेकोमा १ सय ५१ मत खसेको थियो ।
यसअघि तालिम संयोजकमा दीपेन धिमाल, संयुक्त सचिवमा प्रकाश थापा मगर, जनसम्पर्क अधिकारीमा वसन्त ढकाल, प्रकरण निर्देशकमा दीपक साह निर्विरोध चयन भइसकेका छन् । नयाँ नेतृत्वले महासचिवसहित केही पदमा मनोनित गर्ने व्यवस्था रहेको छ ।