विजयपुर । धरान–२० स्थित सेछ एड्भेन्चर पार्कमा ‘सेछ एड्भेन्चर फेस्टिवल’ हुने भएको छ ।

कालिमाटीस्थित पार्कमा १५ दिने फेस्टिवल हुने भएको हो । फेस्टिवल माघ २४ गतेदेखि फागुन ९ गतेसम्म हुने आयोजकले जनाएको छ । पार्कका सञ्चालक वासुदेव बरालका अनुसार फेस्टिवलमा साहसिक खेलहरू स्काई साइक्लिङ, जिप फ्लाइट, रसियन सर्कल, ३ प्रकार ह्याङ्गिङ ब्रिज, ३ सय ६० डिग्री साइकललगायत विशेष छुटका साथ खेल्न पाइनेछ । उनका अनुसार फेस्टिवलका अवसरमा हरेक टिकटमा डिस्काउन्ट कुपनका माध्यमबाट  १० प्रतिशतदेखि शतप्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

फेस्टिवलमा प्रवेश गर्नका लागि न्यूनतम् ५० रुपैयाँ लाग्नेछ । सञ्चालक एलिना मगरले यो फेस्टिवलले धरान–२० को पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने बताइन् । पार्कमा पहिलेका राजारानीको पोसाक र थारुको सांस्कृतिक पोसाक पनि उपलब्ध छ भने बालबालिकाका लागि चिल्ड्रेन पार्क पनि निर्माण गरिएको छ ।

फेस्टिवलबाहेक पनि पार्क नियमितरूपमा सञ्चालनमा आइसकेको छ । पार्क साढे ६ करोड लागतमा बनेको हो । ४ बिघा क्षेत्रफलमा रहेको पार्कमा थप लगानी बढाउने सञ्चालक बरालले बताए । उनले सडक कालोपत्रे नबन्दा पर्यटकलाई आवागमनमा समस्या भएको बताए । उनले भने, ‘निजी क्षेत्रले पर्यटन प्रवद्र्धन गर्ने हो । भौतिक पूर्वाधार विकासमा सरकारले सहयोग गर्नुपर्यो ।’