श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०७९ साल माघ १९ गते बिहीबार,  २ फेब्रुअरी २०२३, नलनाम संवत्सर। माघ शुक्लपक्षको द्वादशी तिथि  १६ः४८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र आद्र्रा भोलि ०६ः३६ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः४९ बजे र सूर्यास्त ०५ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापबाट राम्रै फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलीकै भरमा काम बन्नेछ। विचारले अरूलाई प्रभावित पार्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक र बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। कामले मान–सम्मान पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काममा अनुभवी अग्रजहरूको सहयोग लिँदा राम्रो हुनेछ। साँझतिर सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। अध्ययनले व्यक्तित्व निखार्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गर्दा दिगो काममा जग बसाउन सकिनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग रमाइलो भेटघाट  हुनेछ। काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा कर्मफल प्राप्त हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।