देउराली । इटहरी उपमहानगरपालिकाको एक विद्यालयमा भएको चोरीको सामानसहित धरानका एक युवा पक्राउ परेका छन् ।
सोमबार इटहरी उपमहानगरपालिका ६ स्थित कबिर माध्यमिक विद्यालयको २ थान ल्यापटप र १ थान टिभी चोरी भएको थियो । चोरी भएसँगै त्यहाँ रहेका सीसी टिभी फुटेज चेक गर्दा चोरी गर्दै गरेको अवस्थामा धरान उपमहानगरपालिका १५ का २९ वर्षीय गौतम राई क्यामेरामा कैद भएका थिए ।
उक्त फुटेको आधारमा खोजी गर्ने क्रममा राईलाई मंगलबार दिउँसो वीराटनगर महानगरपालिका रानी स्थित नेपाल भारत सीमा क्षेत्रबाट सामानसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेका राई उपर इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।