विराटनगर । मेयर कप नकाउट क्रिकेट प्रतियोगिताको उपाधि सुनवर्षी नगरपालिका ८ नम्बर वडाले जितेको छ । मोरङको सुनवर्षी नगरपालिका वडा नं ५ मा सम्पन्न भएको फाइनलमा सुनवर्षी नगरपालिका ६ नम्बर वडालाई ५ विकेटले हराउँदै वडा नं. ८ ले मेयर कपको उपाधि जितेको हो । 

टस जितेर ब्याटिङ रोजेको सुनवर्षी  ६ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रनको योगफल तयार पारेको थियो । जवाफमा १७२ रनकोे विजयी लक्ष्य पछ्याएको सुनवर्षी ८ ले १८ ओभरमा ६ विकेट गुमाउँदै  विजय लक्ष्य पार गरेको थियो ।

विजेता बनेको सुनवर्षी ८ ले नगद १ लाख २५ हजार पायो । उपबिजेता बनेको सुनवर्षी ६ ले ६५ हजारमा चित्त बुझायो । पुस २९ देखी माघ १६ गतेसम्म संचालन भएको प्रतियोगिताको  फाइनलमा १६ वटा टिमको सहभागिता रहेको थियो । 

सुनवर्षी ८ का विकास दासले ३ विकेट लिए भने सर्वाधिक ६७ रन  बनाउने दास फाइनलको म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार पाए । प्रतियोगिताको म्यान अफ दी सिरिज वडा नं ६ का श्रावण यादव भए । उनले २५ हजार रुपैयाँ पाए । प्रतियोगिताको उत्कृष्ट ब्याट्स मेनमा सुनवर्षी वडा नं २ का फिरदोष अन्सारी, उत्कृष्ट विकेट किपर, देवेन्द्र थापा, उत्कृष्ट बलरमा वडा नं ६ का श्रावण यादव र फेयर पिले अवार्डमा शनिश्चरे  नगरपालिकाको टिम भयो । 

प्रतियोगिताको बिजेता हुने टिमहरूलाई मोरङ क्षेत्र न.ं २ का प्रतिनिधिसभाको  सांसद ऋषिकेश पोखरेल,  प्रदेश सांसद गणेश उप्रेती, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम प्रसाद राजवंशी, नगरपालिकाका प्रखुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल, वडा अध्यक्षहरु कमल मोक्तान, विनोद राजवंशी, अतन कुमार बुढाथोकी, ध्रुव सिंह, बिरेन राईलगायतले पुरस्कार वितरण गरेका थिए ।