भोजपुर । संखुवासभा र धनकुटा जिल्लाका विभिन्न वडामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

माघ १० गते देखी १२ गते सम्म सञ्चालित उक्त शिविरमा १६६ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी उपलब्ध गराइएको थियो, भने १९ जना लाई चश्मा वितरण गरीएको थियो । उक्त शिविरमा १८ जना मोतीयाविन्दुका विरामीहरु छनोट भई रिफर गरिएको र जसमध्ये  ७ जनाको निस्शुल्क मोतीयाविन्दुको शल्यक्रिया भईसकेको नब दिष्टृ आँखा उपचार केन्द्र तुम्लिङटारले जनाएको छ । वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतम को  नेतृत्वमा ६ जनाको प्राविधिक टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेका थियो ।

मोतियाविन्दु को समस्या भएका विरामीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरीएको नव दृष्टी आखा अस्पताल का  प्रबन्धक भक्त बहादुर शाहीले बताए ।