वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ को अद्वैत संस्था संरक्षण मञ्च नेपालले पाँच दिने सत्सङ समारोह ज्ञान महायज्ञ आयोजना गरेको छ ।

माघ १२ गतेबाट सुरु भएको महायज्ञको सोमबार समापन गरिएको छ । महायज्ञमा काठमाडौँ, पोखरा, लमजुङ, नवलपरासी, दाङलगायतबाट भक्तालुहरू सहभागी भएका थिए ।

कार्यक्रममा अद्वैत संस्थाका प्रवर्तक संस्थापक डाक्टर क्षितिशचन्द्र चक्रवर्तीले रचना गरेको नेपाली उपनिषद् गीतामृत, प्रमाण तात्पर्यटीका, अद्वैत तात्पर्य तथा वेदार्थ निरूपण, वेदान्त विज्ञान, तत्वप्रकाश, आत्म विचार, आत्म प्रकाश, ज्ञानामृत, ईश्वर विज्ञान, वासिष्ठसार, सूत्रप्रस्थान, अमृत वचन, शिवतत्व र चिन्तामणि आदि ग्रन्थको पाठपरायण गरिएको अद्वैत संस्थाका पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष महानन्द सरस्वती न्यौपानेले बताए ।

संस्थाका वराहक्षेत्र र जनकपुर पीठका पीठाधीश पुरुषोत्तमा महानन्द सरस्वतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।