धरान । सहिद दिवसका अवसरमा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।

रोटरी क्लब अफ धरानको आयोजनामा भएको रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको छ । क्लबले हरेक वर्ष सहिद दिवसका दिन रक्तदान कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष गुरुङको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको संयोजक सल्मा जोशी थिइन् ।