धरान । प्यासेफिक एसियन ट्राभल्स एसोसिएसन (पाटा) को आयोजनामा प्रदेश १ को विभिन्न जिल्लाको पर्यटकीय स्थलको भ्रमण गर्न निस्किएका ४ देशका ६० जना पर्यटकहरूलाई धरानमा स्वागत गरिएको छ । धरानका जनप्रतिनिधि तथा व्यापारीहरूले स्वागत गरेका छन् ।

पर्यटकीय क्षेत्रको भ्रमणका लागि नेपाल, भारत, बङ्गलादेश र अमेरिकाका पर्यटकहरू र केही फोटो पत्रकारहरू सम्मिलित रहेका छन् । पाँच दिने भ्रमणको क्रममा आइतबार धरान आइपुगेका हुन् । त्यसक्रममा धरानको बूढासुब्बा मन्दिरको भ्रमण गरेको धरान उपमहानगरपका उपप्रमुख अइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो । पाहुनालाई धरान १४ र धरान १८ का वडाध्यक्ष तथा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्षहरूले स्वागत गरे । यसैबीच धनकुटामा पनि भ्रमण गरेका थिए ।