धरान । नेपाल प्रेस युनियन प्रदेश १ को शनिबार सम्पन्न प्रथम अधिवेशनबाट मीनकुमार नवोदित अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
मोरङ विराटनगरको मारवाडी सेवा सदनमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, महिला उपाध्यक्षमा जयन्तीकला तामाङ, समावेशी उपाध्यक्षमा शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले, सचिवमा सरोज निरौल, महिला सचिवमा सरला रेग्मी, समावेशी सचिवमा विनय बाराकोटी र कोषाध्यक्षमा कविराज घिमिरे चयन भएका हुन् ।
यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम, सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने रहेका छन् । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याललगायतले शुभकामना दिएका थिए । अधिवेशनमा शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षले बहिस्कार गरे पनि शेखर कोइराला पक्षधरले समिति चयन गरेको हो । संस्थापनबाट सुनसरी सभापति पवन अधिकारीले पनि अध्यक्षमा दाबी गरेका थिए ।
 
                     
         
                                        
                                                                                                 
        































