धरान । धरान उपमहानगरपालिका–७ स्थित बुद्धमार्गको काठको एक तले घरमा आगलागी भएको छ ।

आगो लागेलत्तगै धरान उपमहानगरपालिकाको दमकलको सहयोगमा तत्कालै नियन्त्रणमा लिएका कारण धेरै क्षति हुन नपाएको वडाध्यक्ष जीवनराज सुवेदीले जानकारी दिए । उनका अनुसार आफ्नो भाइ सुवर्ण सुवेदीको घरमा आगो लागेको हो । दियो बालेर छाडेका कारण आगलागी भएको उनले जानकारी दिए ।

आगलागीमा सामान्य लत्ताकपडा तथा केही सामानमात्रै जलेको उनले जानकारी दिए । ‘तत्काल दमकल आएकाले नियन्त्रणमा आइहाल्यो’ उनले भने, ‘नत्र धेरै क्षति हुन्थ्यो ।’ धरान उपमहानगरपालिकाको एउटा दमकल र स्थानीयवासीको सहयोगमा आगो ४५ मिनेटभित्र नियन्त्रणमा लिइएको उनले जानकारी दिए । आगो बुधबार पौने ८ बजे राति लागेको हो ।