पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको १२ औं नगरसभा मार्फत तीन वटा कार्यसुचि पारित गरेको छ । नगरपालिकाको कार्यालयमा सम्पन्न सभामा बाँकी मौजाद बजेटको कार्यक्रम तथा बजेट, संम्सोधन प्रश्ताब र प्रज्ञा प्रतिष्ठान विद्येयक पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८/०७९को अन्त्यमा बाँकी मौजाद बजेटको कार्यक्रम तथा बजेट र चालु आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम संसोधन गरेको थियो । उप प्रमूख राधाकृष्ण न्यैपानेले संम्सोधन प्रश्ताब पेस गरेका थिए । त्यस्तै नगरप्रमूख मित्र प्रसाद काफ्लेले आर्थिक वर्ष २०७९/०८०का केहि कार्यक्रम संम्सोधन प्रश्ताव पेश गरेका थिए ।
सोही नगरसभाले ‘फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक २०७९’ समेत पारित गरेको छ । नगरपालिकाको भाषा, लिपि, लोककला, लोकसंवाद, साहित्य, संस्कृतिको संरक्षण र संबर्धन गर्दै कला सहित्य र संस्कृतिको अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान विधेयक पारित गरिएको नगर प्रमुख काफ्लेले बताए ।
प्रतिष्ठानमा अध्यक्षसहित उपाध्यक्ष, सदस्य सचिव र एक महिलासहित दुई जना प्राज्ञ सदस्य हुने व्यवस्था छ । त्यस्तै १० जना अन्य परिषद सदस्य हुने व्यवस्था गरिएको छ ।