धरान । झापाको दमक नगरपालिका ६ नम्बर वडामा सञ्चालित नमुना बजारमा आइतबार बिहानको राति अचानक आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएका छन् । आगलागीमा लाखौंको क्षति भएको बताइएको छ ।
विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आगलागी बिहानको राति करिब २ बजेबाट सुरु भएको थियो ।
आगलागीबाट जुत्ता तथा कपडा पसलमा क्षति पुगेको छ । जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रण गर्नका लागि दमकसहित कमल गाउँपालिका, गौरादह नगरपालिका, कानेपोखरी गाउँपालिकाको बारुणयन्त्रको सहयोग लिइएको थियो । त्यस्तै प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।