देउराली ।  राष्ट्रपति विद्यादेवी भण्डारी  विभिन्न धार्मिक पर्यटकीय स्थलको भ्रमणका लागी भोलि धरान आउने  भएकी छन् । 
 राष्ट्रपति भण्डारीले सुनसरीको धरान उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकाका विभिन्न धार्मिक पर्यटकीय स्थलहरूको अनौपचारिक भ्रमण गर्ने भएकी हुन् ।
उनले धरान १४ स्थित पिण्डेश्वर बाबा धाम, बुढा सुब्बा र दन्तकाली मन्दिरको भ्रमण गर्नुका साथै वराहक्षेत्र स्थित चतरा धाम, औलिया बाबा मठ तथा वराहक्षेत्र मन्दिरको पनि भ्रमण गर्ने योजना रहेको बताइएको छ ।  यस बिच कुनै पनि  औपचारिक कार्यक्रममा भने नभएको बुझिएको छ ।
 
                     
         
                                        
                                                                                                 
        































