धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा वजारमा शुक्रवार साँझ आगलागी भएको छ ।

आगलागी सिधुवा वजारमा रहेको सन्तोष राईको घरमा रहेको मासु पसलबाट आगो लागी शुरु भएको स्थानिय समाजसेवी मेघेन्द्र गुरुङ्गले ब्लाष्टलाई बताए ।

आगलागीबाट सिधुवा वजारमा रहेको अर्जुन घिमिरेको सिधुवा होटल भएको घर, मोटर साईकल ग्यारेज भएको झमक वहादुर थापाको घर, होम वहादुर थापाको घरमा क्षति पुगेको छ ।

गुरुङ्गको अनुसार लालीगुराँस नगरपािलका र धनकुटा नगरपालिकाको दमकल, प्रहरी, स्थानियवासीको सहयोगमा करिव १ घण्टा पछि आगो नियन्त्रणमा आएको छ ।