नव दृष्टि आई हस्पिटल इटहरी, सुनसरीले भोजपुरको षडानन्द नगरपालिका दिङ्ला मा ७ दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
पौष १८ देखी २६ गतेसम्म सञ्चालित शिविरलाई सङ्खुवासभाको तुमलिङ्टारमा सञ्चालित आँखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
उक्त शिविरबाट १ हजार २१ जना नागरिकले निःशुल्क आँखाको चेक जाँच गर्नुका साथै चस्मा तथा औषधी पनि निःशुल्क रूपमा पाएका छन् । शिविरमा चेक जाँचमा १ सय ४५ जनामा मोतीबिन्दु फेला परेको आँखा उपचार केन्द्र तुमलिङटारका इन्चार्ज मुकेश कुमार महतोले जानकारी दिए ।
शिविरमा मोतिया विन्दु फेला उनीहरूलाई निःशुल्क मोतिया विन्दु शल्यक्रियाका लागी आँखा उपचार केन्द्र तुमलिङटार रिफर गरिएको महतोले बताए । रिफर मध्ये १७ जना बिरामीको अप्रेसन भइसकेको केन्द्रका नेत्र विशेषज्ञ डा. अषेश राई ले बताए । मानवताको हितको लागी सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा प्रत्यक्ष सहयोग गर्ने षडानन्द नगरपालिकालाई धन्यवाद व्यक्त गरिएको अस्पताल प्रबन्धक भक्तबहादुर शाही ले बताए।