विराटनगर । विराटनगरमा तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी माघ ६ र ७ गते तेस्रो नेवाः मोहत्सव हुने जानकारी गराएको छ । महोत्सव नेवारी खानाका परिवारको साथै अन्य विभिन्न सामुदायहरूको परिवार पनि राखिने कार्यक्रम संयोजक तथा झी पुचः को वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा २० वटा खानाको परिकारसहित साँस्कृतिक कार्यक्रम पनि हुने उनले बताए । ‘खानाको परिकार बाहेक पर्यटक हाट पनि हुनेछ । यहाँ स्वेदशी उत्पादनहरू अलैची, भोजपुरको खुकुरी, छुर्पीलगायतका स्टलहरू पनि हुनेछ,’ उनले भने, ‘हामीले अपाङ्गता भएका व्यक्तिहरूले निमार्ण गरेका हस्तकलाको सामाग्रीहरूको पनि स्टल राख्ने तयारी गरिएको छ । त्यसको लागि छलफल भइरहेको छ ।’
माघ ६ गते तीन बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । दुई दिनसम्म संचालन हुने महोत्सवमा ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको झीः पुच का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । करिब महोत्सव समापन गर्न ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसअघि पहिलो पटक भव्य रुपमा नेवा ः महोत्सव २०६८ सालमा र दोस्रो २०७२ सालमा भएको थियो । कोभिड १९ ले रोकिएको यो महोत्सव अहिले हुन लागेको तेस्रो हो । यस पटक हुने नेवाः महोत्सव भव्य हुने झीः पुचका महासचिब सुरेश लाल श्रेष्ठले बताए ।
४२ वर्ष अगाडी नेपाल सम्वत् ११०१ वि.स. २०३८ सालमा मुनाफा रहित एंव तटस्थ संस्थाको रुपमा झीः पुच विराटनगरमा स्थापना भएको हो । झी पुचः ले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष (न्हुँ दः), वेल विवाह, ब्रतबन्ध, गाई जात्रा जस्ता सांस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ । नेपाल भाषा, साहित्य, कलाको पनि जर्गेना पनि गर्दै आएको छ ।
नेवाः संस्कृति भोषाको प्रर्बद्धन तथा जर्गेना गर्ने व्यक्ति वा संस्था पुरस्कार पनि प्रदान गर्दै आएको छ । २ लाख राशीको नगद रहेको पुरस्कार सुर्दशन कपिला सिरपा नाम रहेको छ ।