भद्रपुर । आगो ताप्ने क्रममा जलेर झापामा एक वृद्धाको ज्यान गएको छ । झापा कचनकवल गाउँपालिका–१ कुटी बस्ने ७० वर्षीया हेमप्रभा माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुुई दिनअघि बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक शरीरको विभिन्न भागमा जलेर घाइते भएकी वृद्धा महिलाको उपचारको क्रममा बुधबार दिउँसो प्रादेशिक अस्पताल भद्रपुरमा ज्यान गएको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।