इटहरी । इटहरीका मुख्य सडकपेटी खाली गराउन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।

पैदलयात्री हिँड्नका लागि निर्माण गरिएका फुटपाथमा व्यापारीको रजगज रहेको भन्दै खाली गर्न निर्देशन दिएका हुन् । उनले सडकपेटीको अनुगमन पनि गरेका थिए ।

पैदलयात्रीहरूको बारम्बारको गुनासोका आधारमा नगरप्रमुख पौडेल अनुगमनमा निस्किएका थिए । बजारको टूाफिक व्यवस्थापनलाई सुधार गर्ने लक्ष्य नगरप्रमुख पौडेलले राखेका छन् ।

नगरप्रमुख पौडेलले व्यापक जनगुनासोका आधारमा मुख्य बजारक्षेत्रको सडकपेटीको अवस्था बुझ्नका लागि अनुगमन गरिएको बताए । यात्रुहरूका लागि निर्माण गरिएका सडकपेटी खाली गराउनका लागि निर्देशन दिएको प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।

उनका अनुसार नगर प्रहरी, ट्राफिक प्रहरी, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरूको टोलीले सडकपेटी खाली गराएका हुन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्यामकुमार महतोले पैदल मार्गलाई सहज बनाउन सबै मिलेर सहयोग गर्नुपर्ने बताए ।

पैदल मार्गमा व्यवसाय गर्दा त्यसले दुर्घटनाको जोखिम बढाउने भएकाले नियन्त्रण गर्न जरुरी रहेको हुँदा सोहीअनुसार नगरसँगको सहकार्यमा काम गरेको बताए ।

itahari-photo