भद्रपुर । वेवारिसे अवस्थामा रहेको सखुवा जातको १७ दशमलव २५ क्यु.फिट काठ फेला पारि डिभिजन वन कार्यालय झापामा बुझाइएको छ ।

प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरी टोलीले शनिबार  झापा बाह्रदशी गाउँपालिका  ३ जवेगु डाँडामा सखुवा जातको काठ १७.२५ क्यु.फिट बेवारीसे अवस्थामा फेला पारेको जिल्लाका डिएसपी बसन्त पाठकले जानकारी दिए । बरामद गरिएको काठलाइ  आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय चन्द्रगढी झापामा बुझाईएको पाठकले जानकारी दिए । 

त्यसैगरी भारतबाट नेपाल भित्राउदै गरेको अवैध कपडा प्रहरीले बरामद गरेको उनले जनाए 

शनिबार नै झापा मेचिनगर नगरपालिका ६ बाट झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी अवैध रुपमा ल्याउदै गरेको अनुमानित ४० हजार मूल्य बराबरको कपडा बरामद गरी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जानकारी दिए ।