विजयपुर । धरान–१७ स्थित फोकल्याण्ड टापु दक्षिण कुम्भिआहालमा हात्तीले आतङ्क मच्चाएको छ ।

बिहीबार गाउँ प्रवेश गरेर हात्तीले आतङ्क मच्चाएको स्थानीयले बताएका छन् । हात्तीले कुम्भिआहालका फार्महरूमा सामान्य क्षतिसमेत गरेको इमि फर्म हाउस सञ्चालक चित्र लिम्बूले बताए ।

उनका अनुसार कुम्भिआहालमा सञ्चालित ४ वटा फार्ममा हात्तीले सामान्य क्षति पुर्याएको छ । उनको फार्ममा पनि सामान्य क्षति पुर्याउनुका साथै कुखुरा र बङ्गुरको दाना पनि खाएको बताए । उनले हात्ती नजिकै बसेकाले त्रास उत्पन्न भएको बताए ।

यस्तै जय कर्मयोगी फार्मका सञ्चालक सुरज बरालले पनि हात्तीले फार्ममा सामान्य क्षति गरेको बताएका छन् । हात्ती आतङ्कले राति पनि सुत्न त्रास भएको बताए । केहीले राति सुत्न अन्तै जान थालेको पनि स्थानीयले बताएका छन् ।