विजयपुर । धरान–८ सहिद स्मृति माविका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ ।

शुक्रबार विद्यालयमा नैन–जानुका विष्ट परिवारले विद्यार्थीलाई कपडा प्रदान गरेको विद्यालयका शिक्षक राजन वनले जानकारी दिए । उनका अनुसार शैक्षिक सत्र २०७९ का बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत् ७३ जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो । 

कार्यक्रममा नैन–जानुका परिवारका दिलबहादुर विष्ट, जनप्रतिनिधि देवीप्रसाद पोखरेल, देवी लामालगायतको उपस्थिति रहेको थियो ।