विजयपुर । सुनसरी क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सांसद्हरू सम्मानित भएका छन् ।
प्रा.डा.टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद्हरूलाई सम्मान गरेको हो ।
केन्द्रका अध्यक्ष डा. रमेश घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्य अशोककुमार राई, सुशीला श्रेष्ठ, प्रदेशसभा सदस्य रमेश बस्नेत, विजयकुमार राई, यशोधा कायस्थ र ममता तामाङ मगरलाई सम्मान गरिएको हो ।
पब्लिक हाईस्कुल परिसरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि युद्धप्रसाद मिश्र अध्ययन प्रतिष्ठान काठमाडौँका अध्यक्ष अनिल पौडेल, संस्थाका आधार व्यक्तित्व टङ्क न्यौपानेलगायतले सम्मानित गरेका थिए ।
साथै कार्यक्रममा संविधानसभा सदस्य किरण राई, नेकपा (एमाले) धरान अध्यक्ष हर्क एभेङ, नेपाली काङ्ग्रेस धरानका सभापति श्याम पोखरेल, जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बूलगायतको उपस्थिति रहेको थियो ।